• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

परीक्षाको नतिजा फेरबदल गरेको आरोपमा अध्यक्षसहित १० जना विरुद्ध मुद्दा

प्रकाशित मिति

२०७६ असार १९ गते, बिहीबार ०६:५५

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध मुद्दा दायर भएको छ। बुधबार हिजो विशेष अदालतमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले परीक्षाको नतिजा फेरबदल गरेको आरोपमा सेवा आयोगका अध्यक्ष शर्मासहित उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह(प्राध्यापक राजेश्वर न्यौपाने, सह(प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री विरुद्ध मुद्धा दायर गरिएको छ ।

Kamana Sewa

प्रतिकृया