• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

एक लाख ९९ हजार सहित जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ असार १९ गते, बिहीबार ०६:३०

काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरस्थित पानीट्यांकीबाट ८ जुवाडे पक्राउ परेका छन् । बुधबार हिजो साँझ खेलिरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त बानेश्वरले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक लाख ९९ हजार ५०० रकम र तासका बुङहरु बरामद भएको छ । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाई छ ।

Kamana Sewa

प्रतिकृया