शिक्षकको कुटाईबाट ६ जना विद्यार्थी घाइते, शरीरमा गहिरो चोट
प्रकाशित मिति
२०७६ असार ३ गते, मंगलवार ०९:२६
शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन । बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए । प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन भने उनीसगै पढने अरु पाँच जनाको शरीरको विभिन्न ठाउमा गहिरो चोट लागेको छ ।
बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो । घाइते मध्य बेहोस भएका संजिप सहनीको बरहथवामा रहेको भेनस हेल्थ कियस सेन्टरमा उपचार भैइरहेको छ।अन्य सामान्य उपचारपछि घर फर्किएका छन ।

नेपाल समाचारपत्रबाट साभार





प्रतिकृया