• २५ जेठ २०८३, सोमबार
  • ४:२५ बेलुका

प्रधानमन्त्रीले नै सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०१:३६

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सीमासम्बन्धी आफ्नो अभिव्यक्ति स्वयं संसद्मा आएर सच्याउनुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण राजनीतिक विवाद र आन्दोलन भइरहेको उल्लेख गर्दै देशको शान्ति सुरक्षा तथा राष्ट्रिय हितका लागि पनि प्रधानमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

“देशको शान्ति सुरक्षाका लागि पनि उहाँले आएर वचन सच्याउनुपर्छ। नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ,” साम्पाङले संसद्मा भने।

Kamana Sewa

उनले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ वा स्पष्टीकरण परराष्ट्रमन्त्रीमार्फत गरिनु स्वीकार्य नहुने स्पष्ट पारे। प्रधानमन्त्रीले बोलेको विषय भएकाले त्यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्ने उनको तर्क थियो। “परराष्ट्रमन्त्रीले सच्याउने सुनिरहेको छु, त्यो हामीलाई मान्य छैन। उहाँकै मुखबाट निस्केको शब्द हो, उहाँकै मुखबाट सच्याउनुपर्छ,” उनले भने।

Classic Tech Desktop

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। सोही विषयलाई लिएर संसद्मा अवरोधसमेत जारी रहेको छ।

प्रतिकृया