• २४ भदौ २०८३, बुधबार
  • ५ः१७ बेलुका

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०१:२४

२५ जेठ २०८३ काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले सीमा विवाद सम्बन्धी विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नप्रति सरकार गम्भीर रहेको विश्वास व्यक्त गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले पछिल्ला केही दिनदेखि संसद् अवरुद्ध भइरहेका विषयमा आफू गम्भीर रहेको बताउँदै सत्ता पक्ष र विपक्षी दलबीच संवाद जारी रहेको जानकारी दिए।

National Life

“विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ। उठाइएका विषयप्रति मेरो पनि ध्यानाकर्षण भएको छ। सत्तापक्ष र विपक्षी दलबीच संवाद भइरहेको जानकारी छ,” सभामुख अर्यालले भने।

उनले विपक्षी दलहरूले उठाएका विषयवस्तुहरू सरकारसमक्ष पुगेको उल्लेख गर्दै ती विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिने विश्वास व्यक्त गरे। साथै संसद्को नियमित कार्यसूची अगाडि बढाउन सबै दललाई सहयोग गर्न आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री बालेन शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। सोही विषयलाई लिएर संसद्मा लगातार अवरोध भइरहेको छ।

यसैबीच आजको प्रतिनिधिसभा बैठकमा महत्वपूर्ण आर्थिक विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाल राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यसअघि सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयनबारे जानकारी गराउनेछन्। साथै आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव अर्थमन्त्री वाग्लेले पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया