• ७ साउन २०८३, बिहीबार
  • १०:४१ बेलुका

जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक थियो : ओली

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०५:४०

७ साउन २०८३ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलन भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उक्त आन्दोलनमा हत्या, हिंसा, आगजनी र व्यापक तोडफोड भएको उल्लेख गर्दै यस्तो प्रकृतिको घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने बताए।

उनले तत्कालीन माओवादी विद्रोहको प्रसंग जोड्दै माओवादीले हिंसात्मक बाटो रोजे पनि समाजलाई भयमा राख्ने गतिविधि नगरेको दाबी गरे। तर जेनजी आन्दोलनमा त्यसभन्दा पनि बढी हिंसात्मक शैली अपनाएर सत्ता कब्जा गर्ने प्रयास गरिएको आरोप लगाए।

Kamana Sewa

ओलीले जेनजी आन्दोलनपछि वैधानिक सरकारविरुद्ध अवैध र आतंकपूर्ण गतिविधि भएको दाबी गर्दै संविधानविपरीत जननिर्वाचित संसद् विघटन गरिएको टिप्पणी गरे।

Classic Tech Desktop

उनले वर्तमान अवस्थामा लोकतन्त्र संकटमा परेको दाबी गर्दै लोकतन्त्रको संरक्षण र पुनर्स्थापनाको आवश्यकता रहेको बताए।

प्रतिकृया