• ५ असोज २०८३, सोमबार
  • ५ः२८ बिहान

भागबन्डा होइन, योग्यता हेरेर नियुक्ति हुन्छ: मन्त्री पोखरेल

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०२:२३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा नभई योग्यताका आधारमा (मेरिटोक्रेसी) नियुक्ति हुने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पछिल्ला नियुक्तिसमेत योग्यताका आधारमा गरिएको दाबी गरे।

National Life

उनले विश्वविद्यालयमा हुने सरुवा, बढुवा र नियुक्तिमा राजनीतिक दबाब नआउने स्पष्ट पारे। कुनै पनि दल वा पक्षबाट दबाब आए त्यसबारे शिक्षा मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले भने, “राजनीतिक रूपमा कहाँ सरुवा, बढुवा र नियुक्ति गर्ने भन्ने दबाब आउँदैन।” मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई स्वायत्त रूपमा काम गर्न आग्रह गर्दै विश्वविद्यालयको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले उच्च शिक्षाको आगामी पाँच वर्षे नीति, भिजन र मिसनबारे विश्वविद्यालय नेतृत्वसँग छलफल भइरहेको जानकारी दिँदै त्रिविलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाउने लक्ष्य रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशी विद्यार्थी आकर्षित गर्ने तथा विदेशी प्राध्यापकसँगको आदान–प्रदान कार्यक्रमलाई समेत अगाडि बढाइने मन्त्री पोखरेलले बताए।

प्रतिकृया