• ५ असोज २०८३, सोमबार
  • ४ः४४ बिहान

संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वदेश फिर्ता

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०१:२५

७ साउन २०८३ काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्याण्डको बैंककमा आयोजित ‘The Regional Summit on Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ।

National Life

Federal Bureau of Investigation (FBI) र Royal Thai Police को संयुक्त आयोजनामा साउन ४ र ५ गते सम्पन्न उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका विषयमा विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान र प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयका उपायबारे विस्तृत छलफल भएको थियो।

प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन ३ गते थाइल्याण्ड प्रस्थान गर्नुभएको थियो।

प्रतिकृया