• ४ असोज २०८३, आइतबार
  • २ः३९ राती

५ हजार डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य : राष्ट्र बैंक

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०७:०६

७ साउन २०८३ काठमाडौं- नेपाल राष्ट्र बैंकले ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा नेपाल भित्र्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने व्यवस्था पुनः स्मरण गराएको छ। राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी भएका व्यवस्थाको कार्यान्वयनका लागि सूचना जारी गर्दै यस्तो जनाएको हो।

National Life

बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) नगद भन्सार घोषणा नगरी नेपाल ल्याउन सक्नेछन्। तर सोभन्दा बढी रकम ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।

राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय ५०० र १ हजार रुपैयाँ दरका नोटको कारोबार पूर्ण रूपमा निषेध रहेको व्यवस्था पनि पुनः स्पष्ट गरेको छ। हाल प्रचलनमा रहेका भारतीय २०० र ५०० रुपैयाँका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म कानुनबमोजिम नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत रहेको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाइने व्यवस्था रहेको विषयमा पनि राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ।

प्रतिकृया