• २४ भदौ २०८३, बुधबार
  • ८ः३० राती

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०२:०९

२५ जेठ २०८३ काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्याल ले संसद्मा जारी विरोधका बीच बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

National Life

सोमबार बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुखले दलीय आधारमा धारणा राख्न समय उपलब्ध गराएका थिए। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने अडान दोहोर्‍याएका छन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर पछिल्ला केही दिनदेखि संसद्मा लगातार अवरोध हुँदै आएको छ। सत्ता पक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूचीसमेत प्रभावित बनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

संसद्को गतिरोध अन्त्यका लागि विभिन्न तहमा संवाद भइरहे पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन।

प्रतिकृया