• २३ भदौ २०८३, मंगलबार
  • ७ः२७ बिहान

प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिप्रति क्षमा माग्नुपर्छ : एमाले

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०२:१५

२५ जेठ २०८३ काठमाडौं – नेकपा एमालेले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिप्रति क्षमा माग्नुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याल ले एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल लाई बोल्न समय दिएका थिए।

National Life

संसद्मा बोल्दै उपनेता अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लंघन गरेको आरोप लगाइन्। “कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो। प्रधानमन्त्रीबाट भुल सुधार गरियोस्, क्षमा याचना गरियोस्,” उनले भनिन्।

गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका थिए। सोही क्रममा उनले नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। एमालेले प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमा नमागेसम्म संसद्को अवरोध जारी राख्ने चेतावनी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस विषयमा सत्ता पक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।

प्रतिकृया