• २५ जेठ २०८३, सोमबार
  • ४:११ बेलुका

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०२:४८

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।सोमबार दिउँसो सवा १ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले सूचना जारी गर्दै बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको जनाएको हो।

संसद् सचिवालयद्वारा जारी सूचनामा विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसकेको उल्लेख गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्याल ले अर्को बैठकको समय निर्धारण गरेको जानकारी दिइएको छ।

Kamana Sewa

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले केही दिनअघि प्रतिनिधिसभामा नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका छन्।

Classic Tech Desktop

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र क्षमा माग्नुपर्ने अडान राखेका छन्। यद्यपि सत्ता पक्ष र विपक्षीबीच यस विषयमा सहमति जुट्न नसक्दा संसद्को गतिरोध अझै अन्त्य हुन सकेको छैन।

संसद्मा बजेटमाथिको छलफल तथा विभिन्न महत्वपूर्ण विधेयकहरू अघि बढाउने कार्यसूची रहे पनि जारी राजनीतिक विवादका कारण प्रतिनिधिसभाको नियमित कामकारबाही प्रभावित बनेको छ।

प्रतिकृया