• २३ भदौ २०८३, मंगलबार
  • ६ः१७ बेलुका

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०३:२३

२५ जेठ २०८३ काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै शेयरबजार राताम्मे बनेको छ। आज नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झरेको छ। यसअघि गत शुक्रबार पनि नेप्से ११.३७ अंकले घट्दै २७५५.४१ विन्दुमा कायम भएको थियो।

National Life

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार कुल ४ अर्ब ८ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शुक्रबार भने ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यस दिन कारोबारमा आएका १३ उपसूचकमध्ये १२ वटा उपसूचक घटेका छन्। फाइनान्स उपसूचक मात्रै ६.८५ अंकले बढ्न सफल भएको छ।

सबैभन्दा बढी गिरावट निर्जीवन बीमा उपसूचकमा देखिएको छ, जुन ९६ अंकले घटेको छ। त्यसपछि जीवन बीमा उपसूचक ६८.६९ अंक र ट्रेडिङ उपसूचक ६२.८९ अंकले ओरालो लागेको छ।आज दोस्रो बजारमा कुल ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच भएको छ। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ४३ कम्पनीको शेयरमूल्य बढ्दा २२१ कम्पनीको शेयरमूल्य घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्त को शेयरमूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घटेको छ भने सयपत्री हाइड्रोपावर को शेयरमूल्य ६ प्रतिशतले ओरालो लागेको छ। लगातार दोस्रो कारोबार दिन पनि नेप्से घटेसँगै लगानीकर्ताको मनोबलमा दबाब देखिएको छ भने बजारमा बिक्री चाप बढेको संकेत देखिएको छ।

प्रतिकृया