• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

नेप्सेमा दोहोरो अंकको गिरावट, एशियन हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा बढी प्रभावित

प्रकाशित मिति

२०८३ बैशाख ३१ गते, बिहीबार ०३:१३

३१ बैशाख २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.०७ अंकले घटेर १७३०.१७ विन्दुमा कायम भएको छ । आजको कारोबारमा ३ अर्ब २८ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

कारोबारका क्रममा ३ वटा उपसूचकमा वृद्धि हुँदा बाँकी १० उपसूचक राताम्मे बनेका छन् । ट्रेडिङ, म्युचुअल फण्ड र जीवन बीमा उपसूचक सामान्य बढेका हुन् भने अन्य सबै उपसूचकमा गिरावट आएको छ ।

Kamana Sewa

आज सबैभन्दा बढी एशियन हाइड्रोपावरका लगानीकर्ताले घाटा बेहोरेका छन् । कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ ।

Classic Tech Desktop

त्यसैगरी हिमालयन रि–इन्स्योरेन्सको शेयरमूल्य ७.१२ प्रतिशतले घटेको छ । नारायणी विकास बैंकको ५.९१ प्रतिशत, रिज लाइन इनर्जीको ४.७४ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.३४ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ३.८२ प्रतिशतले शेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिकृया