• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. सुशीलबहादुर बज्राचार्यलाई

प्रकाशित मिति

२०८३ बैशाख ३१ गते, बिहीबार ०३:५१

३१ बैशाख २०८३ काठमाडौं- त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि त्रिविका उपकुलपति प्राडा. दीपक अर्यालले अध्यादेश जारी हुनुअघि नै राजीनामा दिएका थिए । त्यस्तै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए ।

Kamana Sewa

विश्वविद्यालय पदाधिकारीविहीन बनेपछि निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिइएको हो ।

Classic Tech Desktop

यसैबीच, विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ । समितिले आवेदन माग गरिसकेको र इच्छुक व्यक्तिलाई आवेदन दिन १० दिनको समय दिइएको छ ।

प्रतिकृया