• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

नेप्से ४.१५ अंकले घट्यो, २ अर्ब ८० करोडको कारोबार

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०३:२५

३० बैशाख २०८३ काठमाडौं- साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ८० करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार दिनभर अधिकांश उपसूचक ओरालो लागेका छन् ।

नेप्सेका अनुसार आज ११ वटा उपसूचक घटेका छन् भने ट्रेडिङ र उत्पादन तथा प्रशोधन उपसूचक ०.४७ प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक ०.६१ प्रतिशतले घटेको छ ।

Kamana Sewa

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.१७ प्रतिशतले घटेको छ । त्यस्तै झापा इनर्जीको शेयरमूल्य ९.४३ प्रतिशतले ओरालो लागेको छ ।

Classic Tech Desktop

यस्तै, १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चरको मूल्य ५.७६ प्रतिशतले घट्दा रिज लाइन इनर्जीको शेयरमूल्य ४.८७ प्रतिशतले घटेको छ ।

प्रतिकृया