• ४ साउन २०८३, सोमबार
  • २:२९ बिहान

आज कुन देशको मुद्राको विनिमयदर कति पुग्यो ?

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ०९:२५

२९ माघ,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा तथा बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

Kamana Sewa

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ १९ पैसा र १०७ रुपैयाँ ६३ पैसा तथा सिङ्गापुर डलर ११४ रुपैयाँ ७८ पैसा र ११५ रुपैयाँ २६ पैसा कायम भएको छ।

Classic Tech Desktop

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५ पैसा तोकिएको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट लगायतका मुद्राको दर पनि सार्वजनिक गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने पनि स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्नेछ।

प्रतिकृया