• ३१ भदौ २०८३, बुधबार
  • १०ः११ राती

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ०९:१९

२९ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने देशका अन्य भू–भागको मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहनेछ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्ने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

प्रतिकृया