• ४ साउन २०८३, सोमबार
  • २:५८ बिहान

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरू १८ भदौदेखि बन्द गर्ने घोषणा

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०३:५८

भदौ २१,२०८२ काठमाडौं – विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले देशभरका निजी विद्यालयहरू १८ भदौदेखि बन्द गर्ने घोषणा गरेका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालयका छाता संगठनहरूले संयुक्त रूपमा विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्। उनीहरूले विधेयक सच्याउने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

Kamana Sewa

निजी क्षेत्रको दाबी छ, प्रस्तावित विधेयकले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउन र सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन बाध्य गराउने प्रावधानहरू राखिएको छ, जसलाई व्यवहारिक र व्यावसायिक स्वतन्त्रता विरोधी भन्दै विरोध जनाइएको हो।

Classic Tech Desktop

आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आज सकिएको छ। आन्दोलनरत संगठनहरूले वार्तामा नबसी सरकार एकलौटी ढंगले विधेयक अगाडि बढाउन खोजेमा आन्दोलनको दोस्रो चरणमा विद्यालय बन्दजस्तो कठोर कदम चाल्नुपर्ने अवस्था आएको बताएका छन्।

सरकार र निजी विद्यालय सञ्चालकहरूबीचको यो विवाद चर्कंदै जाँदा विद्यार्थीहरूको पढाइमा असर पर्ने चिन्ता अभिभावकहरूले व्यक्त गरेका छन्।

प्रतिकृया