• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

ट्रम्प प्रशासनको निर्णय: विदेशी विद्यार्थी र पत्रकारलाई अमेरिकामा लामो समय बस्न रोक

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०४:१०

भदौ १२,२०८२ काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकामा लामो समय बस्न नदिने निर्णय गरेको छ। प्रस्तावित नियम परिवर्तनअनुसार अब विदेशी विद्यार्थीहरूले विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरिँदैछ।

अमेरिकी गृह सुरक्षा विभागले सार्वजनिक गरेको प्रस्तावमा पत्रकारहरूका लागि बसाइको अवधि २४० दिनमा सीमित गरिएको छ। यद्यपि, उनीहरूले थप २४० दिनको भिसा अवधि बढाउनका लागि आवेदन दिन सक्ने व्यवस्था हुनेछ।

Kamana Sewa

विशेषतः चिनियाँ पत्रकारहरूका लागि कडा प्रावधान लागू गरिएको छ। अबदेखि उनीहरूलाई केवल ९० दिनको भिसा मात्र प्रदान गरिनेछ। ट्रम्प प्रशासनले चिनियाँ सञ्चारकर्मीहरूलाई सुरक्षा खतरा र जासुसीको सम्भावित जोखिमको रूपमा हेर्दै आएको बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया