• ४ साउन २०८३, सोमबार
  • ३:१५ बिहान

प्रतिनिधि सभामा लिपुलेक सम्झौताप्रति तीव्र आपत्ति

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार ०२:२०

भदौ ५,२०८२ काठमाडौं – प्रतिनिधि सभामा भारत र चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सहमति विषय जोडदार रूपमा उठेको छ। आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिप्रति आपत्ति जनाउँदै सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिए।

सांसद पाण्डेले लिपुलेकको प्रश्नमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउँदै संसदलाई जानकारी गराउन माग गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ति र एमाले सांसद ठाकुर गैरेले पनि सहमतिविरुद्ध आवाज उठाए।

Kamana Sewa

सांसद गैरेले भारतको दाबीलाई “गलत र अत्यन्त डरलाग्दो” भन्दै नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितको भूभाग नेपालकै भएको पुष्टि हुने बताए। उनले भारत–चीन सम्झौताप्रति सबै दल एकजुट भई कडा विरोध गर्नुपर्नेमा जोड दिए।

Classic Tech Desktop

प्रतिकृया