विद्यालय शिक्षा विधेयक : नमिलेका विषयमा उपसमितिको प्रतिवेदन समितिमा पेश
प्रकाशित मिति
२०८२ भाद्र २ गते, सोमबार ०४:२२
भदौ २,२०८२ काठमाडौं— प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका विवादित विषयबारे उपसमितिले तयार पारेको प्रतिवेदन पेश गरिएको छ।
समिति सचिवालयले विवादित विषयलाई थाती राखेर भाषा मिलाउने र दोहोरिएका अंश हटाउने गरी प्रतिवेदन तयार गरेको हो। “समितिले दिएको निर्देशनअनुसार प्रतिवेदन तयार पारेका छौँ,” समिति सचिव दशरथ धमलाले बताए।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्तिमा शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात र आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) समेत समावेश गर्नुपर्ने भनिएको छ।

तर, निजी विद्यालय सञ्चालकहरूले आवास र पोशाकसमेत दिन नसकिने भन्दै आपत्ति जनाएका छन्। यसै कारण उनीहरू चरणबद्ध आन्दोलनमा छन्।
शिक्षक महासंघले पनि विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरिसकेको छ।




प्रतिकृया