• ४ साउन २०८३, सोमबार
  • १:५० बिहान

विनायकमा क्यानाडाका विद्यार्थीहरूका लागि भव्य स्वागत तथा सम्पदा अवलोकन

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार १०:५७

श्रावण २०,२०८२ भक्तपुर हाम्रो कला संस्कृति हाम्रो अमूल्य निधि भन्ने मान्यतालाई मूर्त रूप दिनका लागि मध्यपुर ठिमी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ साउन १९ गते सांस्कृतिक आदानप्रदान अन्तर्गत क्यानडाका विद्यार्थीहरूलाई मध्यपुर सम्पदाको अवलोकन भ्रमण गराएको छ।

विनायक शिक्षा निकेतन र मध्यपुर रोटरीको संयोजनमा आयोजित उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर चोकमा पर्यटक विद्यार्थीहरूलाई खादा ओडाएर स्वागत गरेका थिए भने विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मध्यपुरको टुरिजम व्यवसायलाई अगाडि बढाउन सांस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना गरिएको बताए । मध्यपुर ठिमीका विभिन्न सांस्कृतिक धरोहरहरूमा भ्रमण गराइएको र स्कुलको आफ्नै प्राङ्गणमा अष्टमात्रिका नृत्य देखाएर चपाचाेको पोटरी एरियामा भ्रमण गराउँदै मध्यपुर ठिमीमा अवस्थित एभरेस्ट पार्टी प्यालेसमा नेवारी भोजको आयोजना समेत गरिएको थियो।

Kamana Sewa

विनायक शिक्षा निकेतनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्वमा एभरेस्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रोफेसर डाक्टर पासाङ शेर्पा ,बिनोद श्रेष्ठ मध्यपुर टुरिजम बोर्डका अध्यक्ष रमेश प्रजापति राेटरीका अध्यक्ष चन्द्र चक्रधर लगायतका वक्ताहरूले विनायक शिक्षा निकेतनले गुणस्तरीय शिक्षा र कला संस्कृति जगेर्नामा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे। विनायक शिक्षा निकेतनका विद्यार्थीहर तथा शिक्षक शिक्षिकाहरूले गाइड गर्दै युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका २० जना विद्यार्थीहरूलाई मध्यपुर ठिमीनगरका विभिन्न सांस्कृतिक धरोहरहरूको परिचय गराएका थिए। भविष्यमा विनायक शिक्षा निकेतनका विद्यार्थी हरू र युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया क्यानाडा बीचमा शैक्षिक तथा संस्कृति आदानप्रदान का लागि पहल हुने विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताए।

Classic Tech Desktop

प्रतिकृया