• १ असोज २०८३, बिहीबार
  • ४ः११ बिहान

दुर्गा प्रसाई २८ लाख धरौटीमा रिहा गर्न आदेश

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार १०:३०

श्रावण २०,२०८२ काठमाडौं  उच्च अदालत पाटनले विवादास्पद राजावादी नेता दुर्गा प्रसाईलाई २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सरकारले उनलाई मुख्य दोषीका रूपमा किटान गरी विभिन्न गम्भीर अभियोगमा मुद्दा चलाएको थियो। तर अदालतले उनी क्यान्सर पीडित रहेको र तत्काल निर्दोष नभनिए पनि धरौटीमा रिहा गर्न सकिने निष्कर्ष निकालेको हो।

National Life

धरौटीमध्ये तीन लाख क्षतिपूर्ति स्वरूप राजावादी आन्दोलनको क्रममा भएको तोडफोड तथा क्षतिमा र बाँकी २५ लाख बैंकिङ कसुरसम्बन्धी मुद्दाका लागि तोकिएको हो। उनीमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

उच्च अदालत पाटनले सोमबार नै उनीविरुद्ध १५ चैतमा भएको आन्दोलनसँग जोडिएको अर्को मुद्दामा पनि धरौटीमा रिहा गर्ने आदेश दिएको छ। यस आदेशसँगै प्रसाई २८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया