• १ असोज २०८३, बिहीबार
  • १ः४० राती

निजामती सेवा विधेयकको गडबडी छानबिन समितिको प्रतिवेदन सर्वसम्मतले पारित

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार १०:२२

श्रावण २०,२०८२ काठमाडौं  संघीय निजामती सेवासम्बन्धी विधेयकमा भएको गडबडी छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

National Life

रातभरको छलफलपछि मंगलबार बिहान करिब साढे ४ बजे समितिका सबै सदस्यले प्रतिवेदनमा हस्ताक्षर गरेका हुन्। करिब १०० पृष्ठको प्रतिवेदनमा गम्भीर त्रुटिहरूको औंल्याउँदै दोषी व्यक्तिको नाम स्पष्ट रूपमा किटान गरिएको छ।

समितिले नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहर गरेको छ। साथै, समितिका सचिव सुरजकुमार दुराको पनि प्रतिवेदनमा हस्ताक्षर रहेको हुँदा उनीहरूको नाम प्रतिवेदनमा उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उच्च पदस्थ कर्मचारीहरूले पदअनुकूल आचरण नगरेको भन्दै उनीहरूको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। त्रुटिहरू मानवीय नभई नियतवश गरिएको भन्दै समितिले गम्भीर टिप्पणी गरेको छ।

छानबिन समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा लगायतका दलका सांसदहरू सदस्य छन्। सभापतिमा कांग्रेसका जीवन परियार छन्।

प्रतिवेदन आजै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा पेस गरिने तयारी गरिएको छ।

यसभन्दा अघि समिति गठनको समयमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको हेरफेर नियोजित भएको भन्दै मुख्यसचिव एकनारायण अर्याल, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अन्य सचिवहरूले समिति र छानबिन प्रक्रियामाथि नै प्रश्न उठाएका थिए।

२३ असारमा गठन भएको समितिलाई २१ दिनको समय दिइएको थियो। पछि म्याद थपिए पनि दबाबका कारण प्रतिवेदन समयमै तयार हुन सकेको थिएन। अन्ततः सोमबार बिहानदेखि सुरु भएको बैठक निरन्तरतामा राख्दै मंगलबार बिहान प्रतिवेदन पारित गरिएको हो।

प्रतिकृया