आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
प्रकाशित मिति
२०८१ चैत्र २१ गते, बिहीबार ०४:२५
चैत्र २१, २०८१ काठमाडौँ: सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको छ ।
मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेश भएर छलफलको प्रक्रियामा रहेको उल्लेख गर्दै यो स्वीकृति हुने विधायकी प्रक्रिया रहेको बताएको छ ।

मन्त्रालयले सामुदायिक विधालयका शिक्षक र कर्मचारीले ध्यानाकर्षण गराउने विषय सकारात्मक रहेको भन्दै शिक्षक समुदायसँग सँधै झैं सान्दर्भिक छलफल गर्न र साझा धारणा बनाउन सरकार तयार रहेको उल्लेख गरेको छ ।

शिक्षकहरुले स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी शिक्षा ऐन जारी नभएसम्म अनिश्चितकालिन काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।





प्रतिकृया