• ८ भदौ २०८३, मंगलबार
  • ८:४७ बिहान

आज पनि संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल जारी

प्रकाशित मिति

२०८० जेष्ठ २५ गते, बिहीबार ०८:३८

२५ जेठ २०८०, काठमाडौँ : संघीय संसद अन्तर्गतका दुवै सदनमा बिहीबार पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल जारी रहने भएका छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि सुरू भएको बजेटमाथिको सामान्य छलफल आजपनि जारी रहनेछ।


उक्त छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्। कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन्।

Kamana Sewa

प्रतिकृया