• २१ असार २०८३, आइतबार
  • ३:२३ बिहान

बामदेवबारे केपी ओलीले भने- उहाँको पार्टी सदस्यता एमालेमै छ, कुरो सक्किहाल्यो नि!

प्रकाशित मिति

२०८० जेष्ठ २४ गते, बुधबार ०५:२०

४ जेठ २०८०, काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेकाले उनलाई पार्टीमा भित्र्याइरहनु नपर्ने बताएका छन्।


पूर्वएमाले नेता वामदेव गौतमसँग बुधबार दिउँसो संसद् परिसरमा एमाले नेताहरुले ७० वर्षे उमेरहदको व्यवस्थाका कारण अब पार्टीमा आउन सजिलो भएको भन्दै हाँसोठट्टा गरेका थिए।

Kamana Sewa

जवाफमा बामदेवले ‘आफू एमालेमा आउन तयार रहेको तर केपी ओलीले भन्नुपर्‍यो नि’ भन्ने जवाफ दिएका छन्।

Classic Tech Desktop

बामदेवले एमाले नेता सूर्य थापालाई यसबारे केपी ओलीसँग पहलकदमी लिन पनि आग्रह गरेका थिए।


बामदेवको यही अभिव्यक्तिबारे संसद् परिसरमा एमाले अध्यक्ष केपी ओलीसँग सञ्चारकर्मीहरुले प्रश्न गरे।


सञ्चारकर्मीहरुले ओलीलाई सोधे- बामदेव गौतमले आफ्नो पार्टी सदस्यता एमालेमै छ भन्नुभएको छ, उहाँ अब पार्टीमा फर्कनु हुन्छ ?


ओलीले भने- उहाँले पार्टी सदस्यता एमालेमै छ भन्नुभयो होइन, कुरो सक्किगो नि।


सञ्चारकर्मीले सोधे-उहाँलाई भित्र्याउनुहुन्छ कि हुन्न ?


ओलीले भने- उहाँको पार्टी सदस्यता एमालेमै छ, कुरो सक्किगो नि।


एमालेले मंगलबार पार्टीमा रहेको ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गरेपछि एमालेमा बुढापाका नेताहरुलाई पद ओगट्न सजिलो भएको छ।

प्रतिकृया