• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की विजयी

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ११:५६

१५ मंसिर २०७९, काठमाडौँ: प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।


३० हजार ४८३ मत प्राप्त गरी मन्त्री कार्की निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुसियैत ३० हजार ३७१ मत प्राप्त गरे । मन्त्री कार्की ११२ मतको अन्तरले विजयी भएका हुन् ।

Kamana Sewa

मन्त्री कार्की २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसकेका छन् । उनले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाटै विजय हासिल गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया