महोत्तरी- १ मा एमालेका महतो निर्वाचित
प्रकाशित मिति
२०७९ मंसिर ११ गते, आईतवार ०७:४५
११ मंसिर, २०७९, महाेत्तरी: महोत्तरी-१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन्।
महोत्तरी-१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन्।

त्यसैगरी महोत्तरी-१ (क) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।




प्रतिकृया