• ४ साउन २०८३, सोमबार
  • ३:४० बिहान

सुनको मूल्य घट्यो,चाँदीको भने स्थिर

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ११:४६

४ कात्तिक २०७९, काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो।


बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया