• ४ साउन २०८३, सोमबार
  • ५:१७ बिहान

कोरोनाको चौथो लहर द्धिविधात्मक सुचना सम्प्रेषित

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ११:०५

डा.केदार कार्की, ४ बैशाख २०७८, काठमाडौं : कोवीडका बिरामीहरुको संख्यामा उल्लेखनीय कमी देखिँदा पनी चीन, व्रिटेन हाङग काङग, दक्षिण कोरीया जस्ता विश्वका केहि देशहरुमा ओमीक्रोनको उप–उपभेद बि.ए.२ को संक्रमण जसरी बढ्दो छ त्यसले हामी कहां चिन्ता बढेको छ । यद्यपी दशभरिमा कोरोनाको असर निरन्तर कम हुँदैछ तर पनी सतर्कता जारी राख्नुपर्ने हुन्छ । किनकी यस्को गणिट मोडेलबाट भविष्यवाणी गर्ने हरुको भनाई मा की यस्को गणित मोडेलबाट भविष्यवाणी गर्नेहरुको भनाइमा चौथो लहर कुनै पनी बेला आउन सक्छ । संचारजनगतका एउटा समुहले पनी ब्रिटेनको स्वास्थ्य सुरक्षा निकायलाई उहदृत गर्दै ओमीक्रोनको उपभेदको हाइब्रीड स्ट्रेनबाट बनेको नयाँ उपभेद एकर्सको त्रास यसरी फैलाएको छ कि मानीसहरु भयग्रस्त छन ।


मानिसहरुको यस खाले चिन्तामा विश्व स्वास्थ्य सङगठनको आशंकाहरु एवं चीनको कतीपय ठुला शहरहरुमा गरीएको प्रतिबन्ध पनी जिम्मेबार छ केहि श्रोतहरुको भनाइमा लहर त आउला तर ज्यानमारा नहोला अर्कोतिर सरकारहरु एवं समाजको एउटा बर्ग यो कुरा स्थापित गर्न उददत छन कि कोवीड–१९ महामारी सकिइसकयो अब कुनै लहर आउँदैन । तर दुविधाको कुरा यो छ कि चौठो लहरको बारेमा विभीन्न श्रोतहरु बाट प्राप्त हुने सुचनाहरु तेश्रो लहरभन्दा पहिले आउने गरेको सुचनाहरु जस्तै बिरोधभासपूर्ण छन् । यस कारण पनि यसबाट भ्रम उत्पन्न हुदैछ यस बारेमा गणीत एवं विज्ञान सम्ममा मतभेद छ आई आई टि कानपुरका प्राध्यापकको गणितीय मोडेल अनुसार कि समाजमा कोरोनाको चौथो लहर अवश्य आउने छ दुई महिना पछि जुनमा यस्को असर देखिने छ, तीन महिना पछि उत्कर्षमा पुग्ने छ एवं सेप्टेम्वरसम्म दु्रत रुपमा साम्य हुने छ । अर्कोतीर कतीष्य बिषाणु विज्ञहरुका अनुशार चौथो लहरको कुनै आशंका छैन तीनीहरुका अनुसार लहर त्यसलाई भनिन्छ जब संक्रमण तेजीले माथी जावोस अनीतल झरोस् । यदि जुन जुलाईसम्म विरामी बढ्यो भने पनि त्यति धेरै नहोला कि लहर सृजना गरोस ।

Kamana Sewa

साथ,ै संक्रमीत गराउने विषाणु पनी यती कमजोर हुने छ कि यस्को असर तेश्रो लहरको दाँजोमा १० प्र.श जति पनि न होला । सवै विषाणु बैज्ञाानीक एवं चिकित्सक एकमत छन भन्ने पनी हैन कोवीड–१९ को चौथो लहरको भबिष्यबाणी गर्ने कुनै बैज्ञानिक कारण छैन । महामारी विदहरुका विचारमा हजार भन्दा बढी उत्परिवर्तनहरु भईसक्यो एवं आउँदा दिनमा पनि होलान् यो निश्चित छ कि यो नयाँ उत्परिवर्तन चौथो लहरको कारण बन्न सक्तछ भने केहिको भनाइ मा यती ढुक्क भई केहि भन्न गाह्रो छ । हामीले केहि असर समय पर्खनु पर्ने छ । तथ्य एवं तथ्याङकले बताउला नर्या उपभेद लहर उत्पन्न गराउन सक्षम छ कि छैन किनकी दश गुणा संक्रमक भएपनी नयाँ उपभेदका विरामीहरु धेरै देखिएको छैन । त्यसैपनि घातक एवं ठुलो कोरोनाको लहरको आशंका कम छ तर विदयुतीय संचार माध्यमहरुले चीन एवं दक्षिण कोरीयामा कोरोना संक्रमणको विरामीहरुको संख्या बढीरहेको खवर बढो सनसनीपूर्ण रुपले गर्द ैछन । त्यस्तै हाम्रो देशमा पनि हुन सक्ला । हुन त संचार माध्यमहरुलाई तर्कातीत हुने आरोप त लाग्ने गरेकै छ तर तर्क सङगत कुरा गर्ने विज्ञान एवं गणित ले नै विरोधाभासपूर्ण दावा गर्न थालेको भने राजनीतीक एवं सरकारी अधिकारीहरुको भनाइमा के आश्चर्य मान्नु पर्यो ?

Classic Tech Desktop

प्रश्न यो छ कि जब खोपको प्रतिरोधक क्षमता बारेमा यो पक्का हुँदैन । पहिलो दोश्रो डोज खोप लगाएका पछि पनी मानीसहरुलाई कोरोनाको संक्रमण भएको छ यसले यो देखाउँछ कि खोप लगाएपछि पनि संक्रमण हुन सक्छ तर यो घातक हुदैन भनिएकोमा पनी धेरैले ज्यान गुमाएका छन् । संक्रमणबाट प्राप्त भएको इम्युनिटी व्यक्ति आधारीत हुन्छ । यो कती बलियो होला अनुमान गर्न जटिल छ किनभने यो व्यक्तिगत स्तरमा कोरोना संक्रमणको गम्भिरता जटिलता भाइरसको बोझ मात्रामा निरन्तर हुन्छ । बुस्टर डोज प्रति सरकार हरु धेरै उत्साहित देखिँदैनन, सवैलाई लाउँदै एवं जसका लागी यो प्रस्तावीत थियो तीनको पनि संख्या पूरा भएको छैन । यसरी हेर्दा एउटा ठुलो जनसंख्या समय वित्दै गर्दा असुरक्षित हुने छ । कोरोनाको लहरहरुको व्यवस्थापन का बारेमा मानिसहरुले धेरै कुरा जानी बुझीसकेका छन् ।


तर हाइब्रीड इम्युनिटिले सुरक्षा प्रदान गर्दछ यसैले खोपको कमीको निहु नलीई ६० बर्ष मुनीलाई पनि यदि ती खतरनाक रोग बाट ग्रस्त छन, फ्रन्टलाईनमा काम गर्ने अथवा होइन ती सवैलाई खोपको पुरक मात्रा दिइनुपर्छ । लापरवाहि गरे कमजोर प्रतिरोधि क्षमता भएका प्रौढहरुका माध्यमबाट चौथो लहर आउन सतmछ । खोप लगाउने गती सुस्त भएको छ त्यसैले हामीसँग भएका खोपको म्याद गुज्रीने अवस्था सृजना भएको छ, एवं जीनोम सैपलिङ्ग सिकवेन्सीङग मा घटदो तत्परता घातक होला । प्रशासनीक प्रतिवन्धहरु खुकुलो भएको कारण समुदायहरु सार्वजनीक सुरक्षा मापदण्डलाई बेबस्ता गर्न थालेको छन् । यस्तोमा हामीले बुझनुपर्छ लहर त थामियो तर कोरोना निर्मुल भएको छैन । प्रतिवन्ध हटाएपछि अव सरकारी अधिकारीक स्तरमा सचेतना बढाउनका साथ भ्रम चिर्ने विज्ञानसम्मत अभियान चलाएर नागरीकलाई यथार्थबस्तुस्थिती अवगत गराउनु पर्ने हुन्छ ।
र अन्तमा
टरेको छैन कोरोनाको प्रसर
साकुन पानीले हाथ धोई सेनीटाइजर लगाई
निस्कृय पारौ कोरोनाको प्रहार
लगाऔं मास्क राखौ २ गज सामाजीक दुरी
खोप पनी छ है जरुरी

प्रतिकृया