बेलायती प्रधानमन्त्री जोनसन भारतको भ्रमण गर्दै
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार १०:५५
४ बैशाख २०७९, काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन यो साता भारतको भ्रमण गर्ने भएका छन्। कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्री जोन्सनको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका हुन् । भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुने भएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री जोनसन बिहीबार पाँचौं ठूलो राज्य गुजरात पुग्नेछन् । गुजरातमा उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठूलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अनुमान गरिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ ।रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेशमन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन् ।

भारत भ्रमणले दुबै देशका जनतालाइ रोजगारी सिर्जनादेखि आर्थिक वृद्धि प्रदान गर्ने उनको भनाई छ ।




प्रतिकृया