• ४ साउन २०८३, सोमबार
  • ५:१९ बिहान

जीप दुर्घटना हुदा बझाङका काँग्रेस सभापति घाइते, माइला छोराको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ११:०९

४ बैशाख २०७९, काठमाडौं : नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी माइला छोरा विनोद बोहराको मृत्यु भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको मृत्यु भएको प्रहरीले जनाएको छ ।


शनिबार राति पौने १ बजे भएको दुर्घटनामा सभापति खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

Kamana Sewa

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जीप अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया