• २२ भदौ २०८३, सोमबार
  • २ः५१ दिउँसो

इलामेली गायक लिलु राइको ‘आधा जीवन’ सार्वजनिक

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ११:१६

४ बैशाख २०७९, काठमाडौं : इलाम घर भइ काठमाडौंमा लामो समय सम्म गीत संगीतमा समर्पित रहनु भएका गायक लिलु राईको आधा जीवन बोलको गीत सार्वजनिक भएको छ । इलामको रमणीय ठाँऊहरुमा छाँयांकन गरिएको गीतमा मुख्य कलाकारमा गायक स्यमं लिलु राई तथा कलाकारहरु सबिना खड्गी राई, रचना कार्की, कबिता घिमिरे र निर्जला भट्टराईको अभिनय रहेको छ ।

National Life

आधा जीवन बितिसक्दा आफ्नो खास सपनाहरु पुरा गर्न नसकिएको काल्पनिक अवस्थालाई भिडियोमा देखाउन खोजिएको छ । यस गीतको निर्देशन निशान सापकोटा र सह निर्देशन कृष्ण सापकोटाले गरेका छन् भने गीतको भिडियो कन्सेप्ट दधिराम पौडेल र केशव राज नेपालले तयार पारेका हुन् ।


उक्त गीतको छायांकन हिकस राई र नगीन धिमाल तथा सम्पादन हिकस राईले गरेका छन् भने स्वर लिलु राई, संगीत सुवास सर्जन, रेकडिष्ट मनिस लामा, एरेन्जर फडिन्द्र राई, गीतको रचना मीना बान्तवा, मिक्सिङ्ग सुमनले गरेका छन् भने स्टुडियो पर्पल, अनामनगर रहेको छ ।

Classic Tech Desktop

उक्त गीतलाई हाइलाइटस् नेपाल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रतिकृया