• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

मानिसमा पशुजन्य रोग संक्रमण बचाउन सामान्य उपाय

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार १०:५०

डा. केदार कार्की, २६ माघ २०७८, काठमाडौं : पशुजन्य जुनोसीस एस्ता संक्रामक रोगहरु हुन जुन विभिन्न प्रजातीहरु जस्तै पशुहरुबाट मानिसहरुमा वा मानिसहरु बाट पशुहरुमा संचारित हुन्छन् । अर्को शब्दमा भन्ने हो भने विभिन्न कारक जुन अनेकानेक प्रजातीहरु जस्मा मानिस पनि पर्दछ मा विभिन्न संचारी रोगहरुको कारण बन्दछ । पशुजन्य रोगहरु हावा प्रत्यक्ष संपर्क अन्जानमै रोग संचारी माध्यमको सम्पर्कमा आउनाले, मुखबाट खाना खादा तथा किरा फटयाङग्राले टोकने जस्ता माध्यमहरुबाट सर्दछ । ती मानिस जो परोक्ष अपरोक्ष रुपले प्रायः पशुहरुको सम्पर्कमा आउछन् विभिन्न खाले विषाणुहरु जिवाणुहरु प्रोटोजीव ठुशी तथा अन्यान्य बाहय एबं आन्तरिक परजिविहरुको माध्यमले पशुजन्य रोगहरुको प्रथम शिकार हुन पुग्दछन ।


आधुनिक युगका अनेकानेक रोगहरु जस्मा अनेक जानपदिक रोगहरु पनि सम्मीलीत छन् को प्रारम्भ पशुजन्य रोगहरुको रुपमा भएको थिए । त्यसो त पूणैरुपमा यो स्पष्ट गर्न सकिनु त अत्यन्त दुष्कर छ कि कुन चाहि रोग अन्यान्य पशुहरुको माध्यमबाट मानिसमा पुगेका हुन् । आजको परिबेषमा कोविड –१९ उदाहरणको रुपमा वैश्वीक समुदायमा उभिएको अवस्था छ । बर्तमानमा पशुजन्य रोगहरुको अत्याधिक चर्चा तिनको नितान्त नविन रुपमा प्रष्टीकरण परिवर्धित घातक रुपमा अल्प प्रतिरक्षा भएका बहुशङख्यक जनसमुदायलाई प्रभावित गर्ने तथा संचार माध्यमहरुको अति सकृयताको कारण भइरहेको छ भन्दा हुन्छ । एक अनुमानका अनुसार लगभग २०० एस्ता रोग वा संक्रमण छन् जुन प्राकृतिक रुपबाट पशुहरुबाट मानिसमा संचारित हुन्छन् । यि मध्ये केहि अत्यन्त महत्वपूणै एव घातक पशुजन्य रोगहरुमा रेबिज, बर्डफ्लु, स्वाइन फ्लु , वेस्ट नाइल फिवर, चिकुनगुनिया एन्थ्रेकस क्षय रोग, ब्रसेल्लोसीस, विसरल लार्भा माइग्रान मानिन्छन् ।

Kamana Sewa

विश्वमा प्रति वर्ष निम्न आय भएका देशहरुमा लगभग १०,००,००० मानिसहरु जुनोटिक रोगका कारण मृत्यु हुने गरेको प्राज्ञिक अभिलेख भेटिन्छ । मानिसमा पशुजन्य रोग संक्रमण बाट बच्ने बचाउने सामान्य उपायशरु पशु तथा मानविय बासस्थलहरुमा स्वच्छता प्रति निरन्तर बिशेषध्यान दिनु आबश्यकता छ। प्शु मल मुत्र एवं खाद्यय अवेशेशहरुको समुचित निस्तारण गर्नुपर्ने हुन्छ । अनजान तथा छाडा पशुहरुको आवागमन पशुशाला मा यथा संभव नियन्त्रीत गर्नुपर्ने छ । पशुहरुको संपर्कमा आय पछि हाथहरु राम्रो सँग सावुन पानिले धुनु एउटा सरल तथा पहुजन्य रोगको संक्रमणबाट बच्ने एउटा व्यवहारिक निरोधी उपाय मानिन्छ ।

Classic Tech Desktop

यस्को लागी पशुशाला एबं पशु चिकित्सा केन्द्रमा सवबुनको उपलब्धता सुनिश्चित हुनु पर्दछ । अपास्चुरिकृत दुध दुग्ध पदार्थहरुको उपभोग बाल बालिका बृद्धि व्यक्तिहरु, गर्भवती महिला तथा अल्रोग पूतिरोधी क्षमता भएका व्यक्तिहरु पशुजन्य रोग संक्रमणका कारण बन्न सक्तछ । त्यसैले सँधै राम्रो सीत उमालेको वा पास्तुरिकृत दुध को उपभोग गर्नुपर्छ । मासुलाई राम्रो सँग आन्तरिक तापकूमको प्रयोग द्धारा राम्रो सित पकाएर मात्र उपभोग गर्नु उचित हुन्छ । काचो अण्डा यथा सम्भव नखाने । प्रयोगशालामा पनि काँचो मासुको प्रयोग सधै उचित एव स्वीकृत मापदण्ड पालन गरी सावधानी सँग गरिनु पर्दछ । काँचो खानेकुराहरु सम्पर्कमा आउने सतह एवं समस्त भाडा कुडाहरु राम्रो सीत तातो पानि तथा सावुनले सफा गरे पछि मात्र प्रयोग गर्नुपर्छ ।


साना बालबालिका तथा अरु व्यक्तिले पनि कुकुर विरालो जस्ता पाल्तु जनावरको सम्पर्कमा आए पछि आफ्नो हातहरु साबुन पानिले राम्रो सँग धुने सम्भव भए नुहाउनु पर्छ । रोगी पशुहरुलाई स्वास्थ्य पशुतथा मानिस बाट पृथककीकरण प्रारम्भमा नै सुनिश्चीत गर्नुपर्छ । नविन पशुहरु आयात वा खरीद गरीएमा तीनका समुचित सँग रोध कवारेन्टीन निश्चित गरिनु आवश्यक हुन्छ ।प्रयाप्त मात्रामा व्यक्रिगत निरोधि बस्तुहरु जस्तै, पन्जा , चस्मा गैस मास्क पशुपालन तथा पशुचिकित्सा सँग जोडिएका व्यक्तिहरु सँग नियमित उपलब्ध हुनु पर्ने छ। ब्र्तमानमा मानिसहरुमा फैलिएको कोविड–१९ महामारी बाट पशु एवं अन्य बन्य जीव पनि प्रभावित हुन सक्ने छन् । अहिले सम्मको सिमीत सुचनाहरुका आधारमा यहि भन्न सकिन्छ कि पशुहरुद्धारा जनसमुदायमा कोविड–१९ संक्रमण गराउने बिषाणु मानिसहरुबाट पशुहरुमा केहि परिस्थितिहरुमा फैलिन सक्छ ।


र अन्तमा यदि बन्य जन्तुहरुको दोहन एवं परिस्थितिकि तन्त्रमा समन्वय गरिएन भने आउदो बर्षहरुमा पशुहरुबाट मानिसहरुमा हुने रोग यसैगरि निरन्तर सामुन्ने आउने छन् । वैश्वीक महामारीहरुले मानव जिवन एक अर्थ व्यवस्था दुबैलाई नष्ट गर्दै रहने छन् । जस्तो कि हामीले पछिल्लो तीन पात्रो वर्ष देखी कोविड–१९ महामारीको सन्दर्भमा भोग्दै आएका छौं ।यस्को सवै भन्दा बढी असर निर्धन एवं निर्वल समुदायहरुमा हुने गर्दछ । त्यसैले हामीले भविष्यमा निन्तिन सक्ने महामारीहरुलाई रोक्नका लागी आजै बाट विचार पु¥याउनु पर्ने हुन्छ ।

प्रतिकृया