• 10:43 pm

कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्ने

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ११:१३

२६ माघ २०७८, काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।


बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।


कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे हिजाे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।

प्रतिकृया