• ४ साउन २०८३, सोमबार
  • १:५८ बिहान

यस वर्ष ९२ हजारले कोरियन भाषा परिक्षा दिँदै

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ११:५८

यस वर्षको इपिएस कोरियन भाषाका लागी ९२ हजार ३ सय ७६ जना परिक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

गत वर्षको तुलनामा यो वर्ष कोरियन भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएका थिए

Kamana Sewa

 यही जेठ २५ र २६ गते इपिएस भाषाको परीक्षा हुँदै छ । पहिलो चरणको सो परीक्षामा सहभागी हुने पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ ।

Classic Tech Desktop

कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कोरिया शाखाका जनाएको छ । कोरिया भाषा परीक्षा दिन काठमाडौंमा २१, पोखरामा चार र लतिपुरमा सात स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिकृया