• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

शुक्रबार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार ०५:१०

२६ चैत,२०८२ काठमाडौं – संघीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा नेपालको संविधानको धारा ९३ (२) बमोजिम चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिएको हो।

Kamana Sewa

यसअघि राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। निर्वाचनपछिको पहिलो बैठकमा राष्ट्रपतिबाट सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुसार उक्त सम्बोधन तय गरिएको हो।

Classic Tech Desktop

प्रतिकृया