• ४ साउन २०८३, सोमबार
  • ५:०६ बिहान

विश्व बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट

प्रकाशित मिति

२०८२ माघ १७ गते, शनिबार ०३:१५

१७ माघ,२०८२ काठमाडौं – विश्व बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। पछिल्लो तथ्यांकअनुसार सुनको मूल्य ८.३५ प्रतिशतले घटेको छ भने चाँदीको मूल्यमा करिब २५ प्रतिशतको गिरावट आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई आगामी फेडरल रिजर्भ अध्यक्षका रूपमा मनोनयन गरेपछि बहुमूल्य धातुको मूल्य घट्न थालेको विश्लेषकहरूले बताएका छन्। वार्शको मनोनयनसँगै अमेरिकी डलर बलियो बन्दै गएको र त्यसको प्रत्यक्ष असर सुनचाँदीको मूल्यमा परेको देखिएको छ।

Kamana Sewa

विश्लेषकहरूका अनुसार मुद्रास्फीति नियन्त्रण र फेडरल रिजर्भको स्वतन्त्रतामा जोड दिने वार्शको कडा अडानका कारण उनी कम ब्याजदरको पक्षमा नरहने अनुमान गरिएको छ। यसले बहुमूल्य धातुमा लगानी गरेका व्यापारीहरूलाई बिक्रीतर्फ आकर्षित गरेको र त्यसकै कारण बजारमा दबाब सिर्जना भएको हो।

Classic Tech Desktop

सुनको मूल्य ८.३५ प्रतिशतले घटेपछि हाल प्रति औँस ४ हजार ९०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यद्यपि, सुन अझै पनि ३४ हजार १२१ ट्रिलियन डलरको बजार पूँजीकरणसहित विश्वकै शीर्ष सम्पत्तिको रूपमा कायम रहेको छ।

त्यस्तै, चाँदीको मूल्य २५.५० प्रतिशतले घटेर प्रति औँस ८५.२५ अमेरिकी डलर पुगेको छ। चाँदीको हालको बजार पूँजीकरण ४.७९९ ट्रिलियन डलर रहेको छ र यो विश्वको दोस्रो बहुमूल्य सम्पत्तिको रूपमा रहेको छ।

प्रतिकृया