• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

करार शिक्षकलाई निरन्तरता : खर्च कटौतीको निर्णय शिक्षकमा लागू नहुने

प्रकाशित मिति

२०८२ आश्विन २४ गते, शुक्रबार ०४:२८

असोज २४, २०८२ काठमाडौं– सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णयअनुसार अस्थायी तथा करारमा कर्मचारी नराख्ने घोषणा गरे पनि यो निर्णय करार शिक्षकहरूका लागि लागू नहुने भएको छ।

अर्थ मन्त्रालयले गत असोज ७ गते सार्वजनिक गरेको विज्ञप्तिको बुँदा नम्बर (५) को (ज) मा संघ, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करार कर्मचारी राख्न नपाइने उल्लेख गरिएको थियो। तर, विद्यालय र स्थानीय तहले करार शिक्षकको अवस्था स्पष्ट पार्न शिक्षा मन्त्रालयमा प्रश्न गरेपछि मन्त्रालयले यो निर्णय शिक्षकहरूमा लागू नहुने स्पष्ट पारेको हो।

Kamana Sewa

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र जारी गर्दै उक्त निर्णय करार शिक्षकहरूमा आकर्षित नहुने जानकारी दिएको छ। यसले हाल कार्यरत करार शिक्षकहरूलाई राहत मिल्ने भएको छ।

Classic Tech Desktop

प्रतिकृया