• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिइएको थिएन : निवर्तमान गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ आश्विन २४ गते, शुक्रबार ०५:०१

असोज २४, २०८२ काठमाडौं– निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउन कुनै आदेश नदिएको स्पष्ट पारेका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले आन्दोलनमा गोली चलाउने निर्णय न प्रधानमन्त्रीबाट गरिएको थियो, न गृहमन्त्रीबाट। “प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश दिएको भनेर विभिन्न चर्चाहरू उठेका छन्। तर त्यस्ता खालका कुनै पनि आदेश दिइएको थिएन,” उनले भने।

Kamana Sewa

आन्दोलनपछि पहिलोपटक मिडियामा सार्वजनिक भएका लेखकले उक्त घटनामा घुसपैठ भएको विषय पनि पुष्टि भएको बताएका छन्। “घुसपैठ भएको भन्ने कुरा म एक्लैले भनेको होइन। आन्दोलनका आयोजकहरूले पनि त्यो कुरा बताएका थिए। पछि त्यो यथार्थमा सत्य सावित भयो,” उनले उल्लेख गरे।

Classic Tech Desktop

घटनाका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ घाइते र क्षति भएको थियो। घटनापछि सरकारले सशस्त्र हस्तक्षेप गरेको विषयमा सार्वजनिक चासो र आलोचना भइरहेका छन्।

प्रतिकृया