• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

लगातार खुम्चिरहेको शेयर बजारमा आज सामान्य सुधार

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०३:२७

भदौ २,२०८२ काठमाडौं— लगातार खुम्चिरहेको शेयर बजारमा आज केही सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक ११.७५ अंकले बढेर २७७२.९८ बिन्दुमा पुगेको छ।

आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

Kamana Sewa

बजारमा सुधार आए पनि लगानीकर्ताको मनोबल अझै कमजोर देखिएको छ। नेप्सेका अनुसार, आज ११ उपसूचक हरियालीमा रहे। वाणिज्य बैंक समूह ०.३० प्रतिशत, विकास बैंक समूह ०.३७ प्रतिशत, फाइनान्स समूह ०.२४ प्रतिशत र होटल तथा पर्यटन समूह ०.२८ प्रतिशतले बढेका छन्।

Classic Tech Desktop

यस दिन १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ।

प्रतिकृया