• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

विनायकले घिन्ताङ घिसी प्रदर्शन

प्रकाशित मिति

२०८२ श्रावण ३१ गते, शनिबार ०९:२०

श्रावण ३१,२०८२ भक्तपुर—सांस्कृतिक नगरी मध्यपुर ठिमीको पहिचानको रुपमा चिनिएको परम्परागत तथा सांस्कृतिक नृत्य शिक्षा, सभ्यता र संस्कृतिको त्रिवेणीका रुपमा परिचित अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमीका विद्यार्थीहरूले यही २०८२ श्रावण ३० गतेका दिन प्रदर्शन गरेका छन्। हाम्रो संस्कृति:हाम्रो सम्पत्ति, पुर्खाको पौरख : हाम्रो गौरव नारा बनाई स्थानीय पाठ्यक्रमको मूल मर्मअनुसार आफ्नो कला संस्कृतिप्रति समर्पणको भाव जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी दिए।

विनायक इन्टरेक्ट क्लब तथा विनायक सांस्कृतिक समूहको संयुक्त आयोजनामा प्रदर्शन गरिएको उक्त सांस्कृतिक नृत्य बाजा गाजा सहित भुलाङ्खेल, चोडे, दुईपोखरी, बालकुमारी, दिगुटोल, चपाचो, नासनानी, बाहखा ,पार्टीबिहार ,गङ्गचिवा हुँदै पुनः विद्यालय प्राङ्गणमा पुगी समापन भएको थियो। विद्यालय प्राङ्गणबाट प्रदर्शन सुरु गरिएको उक्त नृत्यमा कक्षा ५ देखि १० सम्मका विभिन्न जातजाति र भाषाभाषीका २५० जना भन्दा बढी विद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरु नेवारी पोशाकमा सजिएर सांस्कृतिक नृत्य प्रदर्शन कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाएका थिए।

Kamana Sewa

कार्यक्रमको उद्घाटन तथा समापन सत्रमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीहरूमा सांस्कृतिक समर्पणको भाव जगाउन तथा सांस्कृतिक रूपान्तरण गर्न विद्यालयले स्थापना कालदेखि नै समावेशी संस्कृति संरक्षण र सम्बर्धनमा जोड दिँदै आएको बताए। मध्यपुर ठिमी नगरका लाखौं स्थानीयहरूको गौरव र पौरखको रुपमा चिनिएको सो घिन्ताङ घिसी नृत्य लाम लागेर स्थानीयवासीहरूले अवलोकन गर्दै विद्यालयको सांस्कृतिक संरक्षण सम्बन्धी सामाजिक दायित्वको प्रशंसा समेत गरेका थिए। सो नृत्य प्रदर्शन कार्यक्रममा सहभागीहरूलाई बालकुमारी स्थित प्रिज्म सहकारी तथा चपाचोस्थित थिमी स्वावलम्बन सहकारीले पानी वितरण गरेका थिए। सो कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिवहरी प्रजापति , नृत्य शिक्षक बालमुकुन्द प्रजापति , बाद्यवादन तथा गणित शिक्षक नरेन्द्र प्रजापति एवं विनायक इन्टरेक्ट क्लबका संयोजक तथा प्राइमरी इन्चार्ज रुकेश प्रजापतिले संयोजन गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया