• ३ असोज २०८३, शनिबार
  • ९ः५५ राती

श्रीकृष्ण जन्माष्टमी आज श्रद्धा–भक्तिसहित मनाइँदै

प्रकाशित मिति

२०८२ श्रावण ३१ गते, शनिबार ०९:२७

श्रावण ३१,२०८२ काठमाडौं— वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मजयन्ती पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गर्दै मनाइरहेका छन्।

National Life

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन विशेष गरी कृष्ण मन्दिरहरूमा पूजाआजा, प्रवचन, भजन–कीर्तन हुँदै भक्तजनहरूले व्रत बस्ने र रातभर जाग्राम गर्ने परम्परा छ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा प्रकट भएका श्रीकृष्णले जीवनभर सत्य र धर्मको पक्षमा रही मानवलाई सत्कर्मका लागि प्रेरित गरेको धार्मिक विश्वास छ। कुरुक्षेत्र युद्धमा अर्जुनलाई प्रदान गरिएको उनको उपदेश ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थका रूपमा विश्वभर अध्ययन, अनुवाद र पाठ हुने गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पौराणिक कथनअनुसार बाल्यकालदेखि नै विविध लीला प्रदर्शन गरेका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता असुरी शक्तिको संहार गरेका थिए।

पर्वको अवसरमा पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ। त्यस्तै, राजधानीको कागेश्वरी मनोहरा–स्थित नवतनधाम, बूढानीलकण्ठको श्रीकृष्ण भावनामृत सङ्घलगायतका स्थानमा समेत भक्तजनको भीड लाग्ने परम्परा छ। यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न धार्मिक सङ्घ–संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा आयोजना गर्ने चलन रहेको छ।

प्रतिकृया