विनायकमा गुरुपूजा सम्पन्न, शिक्षासँगै संस्कारको जोड
प्रकाशित मिति
२०८२ असार २६ गते, बिहीबार ०३:३९
असार २६, २०८२ काठमाडौं । “शिक्षासँगै संस्कृति र संस्कारको विकास” भन्ने मूल मान्यताका साथ शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमी, भक्तपुरमा गुरुपूजाको विशेष कार्यक्रम भएको छ।
कक्षा १२ का विद्यार्थीहरूको संयोजनमा सम्पन्न कार्यक्रममा गीत, कविता तथा विविध सांस्कृतिक प्रस्तुति समेटिएको थियो। गुरुप्रति श्रद्धा व्यक्त गर्दै खादा अर्पण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो।


कार्यक्रममा विद्यालयका +२ संयोजक तुल्सीहरि प्रजापति, सहायक प्राचार्य प्रेमप्रसाद निरौला, शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराई लगायतले गुरुपूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका थिए। विद्यालयका प्राचार्य सुरेन्द्रविक्रम प्रजापतिले गुरुका मार्गनिर्देशन अनुसार अघि बढेमा जीवन सफल र सार्थक बन्ने धारणा राख्दै, सिकाइको क्रममा जो-कोहीबाट ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने भावना राखेर सबैलाई ‘गुरु’ मानेर अघि बढ्नुपर्ने सन्देश दिनुभयो।

कार्यक्रमले गुरु र शिक्षार्थीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै संस्कार र सांस्कृतिक चेतनाको प्रवर्द्धनमा टेवा पुर्याएको विद्यालयले जनाएको छ।




प्रतिकृया