• ४ साउन २०८३, सोमबार
  • १:४१ बिहान

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै उपसूचकमा हरियाली

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार ०४:१९

चैत्र ११, २०८१ काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । लगातार घटेको बजारमा उक्त दिन बजार ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

Kamana Sewa

आज बजारमा सुधार आउँदा सबै उपसूचक हरियाली भएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२९ प्रतिशतले बढेको हो ।

Classic Tech Desktop

त्यसैगरी, पोखरा फाइनान्सको ७.४७ प्रतिशत, समृद्धि फाइनान्सको ६.३० प्रतिशत, श्वेतगगा हाइड्रोपावरको ५.६४ प्रतिशत, रिलायन्स फाइनान्सको ५.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सोमबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६९ लाख ७७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी होल्डिङको एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड २९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै नेपाल रिइन्स्योरेन्सको १२ करोड ९६ लाख २२ हजार रुपैंया, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १२ करोड ४४ लाख ८३ हजार रुपैयाँ, सिन्धु विकास बैंकको ११ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिकृया