• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

केयूको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

प्रकाशित मिति

२०८१ चैत्र ५ गते, मंगलवार ०७:३०

चैत्र ५, २०८१ काठमाडौँ: काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् ।

Kamana Sewa

गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम दिन सकेको थिएन । संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए । आज छनोट समितिका अन्य दुई सदस्य डा. अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए ।

Classic Tech Desktop

तर, शर्माले बुझाएको रिपोर्टमा भने वाग्लेको नाम समावेश थिएन । छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।

प्रतिकृया