• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

रास्वपाका सांसद सुमनाले नेवार समुदायको चिहानको जग्गा कांग्रेसले हडपेको भनेपछि संसदमा होहल्ला

प्रकाशित मिति

२०८१ फाल्गुन २८ गते, बुधबार ०१:२५

फाल्गुण २८, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सो कुरा भनेकी हुन्। श्रेष्ठले उक्त कुरा बोलेपछि नेपाली कांग्रेसका सांसदहरु बैठकमा होहल्ला गरेका थिए। उनीहरुले उक्त कुरा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए।

Kamana Sewa

सभामुख देवराज घिमिरेले संसद्मा कुनै पनि कुरा बोल्दा सांसदहरूले तथ्य र प्रमाणकै आधारमा बालेको हुनुपर्ने बताएका थिए। हटाउनुपर्ने माग गर्ने बित्तिकै हटाउन नसकिने र आफ्नो जिम्मेवारीका साथ अगाडि बढ्न आग्रह गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया