• 10:59 am

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ फाल्गुन ४ गते, आईतवार ११:१८

फाल्गुण ४, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा २७ सयले घटेर तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ७० हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया